हाम्रै कारण एसएलसीको नतिजा कमजोर : अवस्थी

Lav-Dev-Awstiभक्तपुर, २९ जेठ । शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले मङ्गलबार प्रकाशित २०६९ सालको प्रवेशिका परीक्षा (एसएलसी) नतिजा शिक्षा विभागको कमजोरीले खस्किएको बताएका छन् ।
भक्तपुरमा आज आज (बुधबार) आयोजित कार्यक्रममा अवस्थीले कमजोर पठन–पाठन र शिक्षकहरुले दायित्व बोध नगर्दा एसएलसीको नतिजा सोंचे जस्तो हुन नसकेको बताए ।
‘यसको दोषि विद्यार्थी नभइ शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षकहरु हुन,’ उनले भने, ‘मुख्य जिम्मेवारी शिक्षा विभागको पनि हो ।’
धेरै विद्यार्थी असफल हुनु भनेको शिक्षा विभाग असफल हुन रहेको उनले टिप्पणी गरे ।
उनले राष्ट्रको शैक्षिक नीति कमजोर नभएको दाबी गरे । ‘शिक्षण विधि नै कमजोर हुँनाले एसएलसीको नतिजा खस्के हो,’ उनले भने ।

प्रतिक्रिया