स्नायु रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं, २९ जेठ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसले नेपालमा स्नायु रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
संस्थानको स्नायु विभागले आगामी असार १ र २ गते सञ्चालन गर्ने सम्मेलनमा स्नायु रोगसम्बन्धमा बोटुलिनम टक्सिन नामक औषधिको प्रभावबारे विज्ञहरूद्वारा छलफल गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका विशेषज्ञ चिकित्सक, सामाजिक कार्यकर्ता र चिकित्सा विज्ञानका विद्यार्थी गरी ८० जनाको सहभागिता रहने स्नायुरोग विभागका प्रमुख प्रा.डा. कृष्णकुमार ओलीले बताए । उनका अनुसार सम्मेलनमा विशेषज्ञले स्नायु रोग लाग्नुका कारण र उपचार प्रक्रियाबारे शोधपत्र प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया