किन–किनमा राजेश र करिष्माको हट दृश्य

1काठमाडौं : पलपलमामार्फत नेपाली चलचित्र उद्योगमा निर्देशकका रूपमा देखा परेका उकेस दाहालको निर्देशनमा चलचित्र किन–किन तयार भएको छ । सम्पूर्ण प्राविधिक कार्य सकाएर अहिले प्रचार–प्रसारमा सीमित यस चलचित्र आगामी ३२ साउनदेखि देशभरबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।
यौनका विषयमा चलचित्र पलपलमा बनाएर निकै चर्चा कमाएका यी निर्देशकले चलचित्र किन–किनमा पनि यौनकै विषयमा बनाएका हुन् । चलचित्रमा उनले यौनका दृश्य अनेक समेटेका छन् । पहिला चलचित्र नै व्यवसाय गर्न सफल उकेसको किनकिनले पनि पलपलमा जस्तै प्रदर्शनअगाडि नै बजार तताउन सफल भएको छ ।
चलचित्र क्षेत्रमा यौनमुखी चलचित्रको ट्रेन भित्र्याउन सफल निर्देशक उकेसले पलपलमा भन्दा हट दृश्य किनकिनमा आफूले समेटेको बताए । उनले भने, ‘पलपलमा भन्दा केही गुना धेरै हट दृश्य किन–किनमा राखेको छु ।’ यसमा दर्शककै चाहनाअनुरूपका भरपुर रोमान्टिक दृश्य समेटेको उनले दाबी गरे । चलचित्रमा रहेका किस सिन र बेड सिनले दर्शकलाई झर्काेभन्दा पनि रोमान्टिक महसुस गराउने खालको रहेको उनले खुलाए ।
चलचित्रमा राजेश हमाल र करिष्मा मानन्धरको समेत हट किस सिनका दृश्य छन् । दुईपुस्ते कलाकारको भेराइटी किस सिन चलचित्रमा प्रस्तुत गरेको उकेसले बताए । यसमा कलाकार राजेश र करिष्माले १९७० तिरको गेटअप गरेका छन् ।
राजेश र करिष्माको अलावा चलचित्रमा सुवास थापा, शशि खड्काका अलावा नवनायिका अरूणिमा लामाको मुख्य भूमिका छ । अरूणिमाले यस चलचित्रमा अहिलेसम्मका नायिकाले नदिएको हट दृश्य दिएकी छन् । यसमा शिव ढकालको छायांकन छ भने संगीत महेश खड्काले भरेका छन् । यौन विषयलाई मुख्य रूपमा उठान गरेको यस चलचित्रमा पुरूषजस्तो संवेदनशील भए पनि नांगी युवतीको अघि सधँै झुक्छ, पग्लन्छ भन्ने भाव दर्शाउन खोजिएको छ ।  (सौस)

प्रतिक्रिया