गीता चौधरीको हत्याको विरोधमा आन्दोलन

काठमाडौं २९ जेठ । काठमाडौं महानगरपालिका–२९, सामाखुशीस्थित धर्मकुमारीको घरमा चार वर्षदेखि डेरा गरी पढ्दै गरेकी सुश्री गीता चौधरीको हत्या गरिएको विरोधमा थारु संघ/संस्थाले आन्दोलनको घोषणा गरेका छन् ।
उनीहरुले आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन गरेर गीता चौधरीको हत्याका सम्बन्धमा निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका हुन् ।
जेठ–२६ गते आफ्नै कोठामा गीता अर्धनग्न, शरीरभरि चोटै–चोट रहेको अवस्थामा मृत भेटिएकी थिईन् ।
थारु संघ/संस्थाले जेठ–२९ गते मानवअधिकार आयोग, महिला आयोग र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, ३० गते जिल्ला प्रशासन कार्यालय घेराउने गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया