सरकारले नै निर्वाचन ऐन जारी गर्छ : अध्यक्ष दाहाल

Puspakamal-Dahalविराटनगर, २८ जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले जारी गर्ने निर्वाचनसम्बन्धी ऐनलाई नै स्वीकार गर्ने पक्षमा उच्चस्तरीय राजनीतिक समितिमा सहमति भएको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले अहिले विवादमा रहेको न्यूनतम मत प्रतिशत र फौजदारी अभियोग लागेका उम्मेदवारका हकमा सरकारले जारी गर्ने निर्वाचन अध्यादेशलाई स्वीकार गर्नेगरी उच्चस्तरीय समितिको बैठक टुंगिएको बताए ।

सोमबार उच्चस्तरीय समितिको बैठक सकिएपछि एमाओवादी अध्यक्ष दाहाल विराटनगर लागेका थिए । समितिको निर्णयपछि सरकारलाई निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न र संविधानसभा चुनावको मिति घोषणा गर्न बाटो खुलेको उनले बताउ ।
अध्यक्ष दाहालले चार दलबीच संविधानसभापछि हुने आगामी चुनावमा न्यूनतम मत प्रतिशत राख्नेमा सहमति कायम भएको जानकारी दिँदै सरकारले २०६४ को संसद्ले पारित गरेको निर्वाचन ऐनलाई नै आधार बनाएर अध्यादेश जारी गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया