कांग्रेसद्वारा निर्वाचनमा सहभागी हुन आग्रह

NC flag1कांग्रेस, २७ जेठ । नेपाली कांग्रेसले संविधानसभा निर्वाचनका लागि विवाद नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज (सोमबार) बसेको प्रभावशाली नेताहरुको अनौपचारीक बैठकले निर्वाचनका लागि लचिलो हुन सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने सहमति गरेको हो ।
कांग्रेसले निर्वाचनका लागि आफूले राख्दै आएका अडानमा पनि लचिलो हुने निष्कर्ष निकालेको स्रोतको भनाई छ । ‘निर्वाचनका लागि दलहरु सहमतिमा आउँछन् भने कांग्रेसले लिएको चुनाव सम्बन्धी अडानमा लचिलो हुन तयार छौं,’ एक सदस्यले जानकारी दिए ।
कांग्रेसले न्यूनतम मत, फैजदारी अभियोग लागेका व्यक्ति चुनावमा भाग लिन नपाउनेलगायतका विषयमा अडान राख्दै आएको थियो । अब कांग्रेसले सो विषयमा लचकता अपनाउने छ ।
यद्यपि, कांग्रेसले नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाललगायतका दलहरुलाई पनि निर्वाचनमा सहभागी हुन् आग्रह गरेको छ ।

प्रतिक्रिया