अध्यक्ष रेग्मी र पौडेलबीच भेटबार्ता

Khilraj-Regmi'sकाठमाडौं, २७ जेठ । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र कांग्रेस उपसभापति रामचन्द्र पौडेलबीच भेटबार्ता भएको छ ।
बालुवाटारमा आज (सोमबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र तयारीका विषयमा कुराकानी भएको हो ।
भेटमा अध्यक्ष रेग्मीले सहमति गरेर आउन उपसभापति पौडेललाई सुझाव दिएका थिए । उपसभापति पौडेलले आफूहरु राजनीतिक सहमतिको तयारीमा जुटेको भन्दै निर्वाचनका सम्बन्धमा हतारमा निर्णय नगर्न आग्रह गरेका थिए ।
दलहरुका बीच न्यूनतम मत, फौजदारी अभियोग लागेका नेतालाई उम्मेद्वार बन्न बाटो खोल्नुपर्ने लगायतका विषयमा विवाद भईरहेका बेला यो भेटबार्ता भएको छ ।

प्रतिक्रिया