तरकारी खेतीको अवलोकन

देउखुरी : हरियो वन कार्यक्रमअन्र्तगत गुल्मी जिल्लाका विभिन्न सामुदायिक वनबाट दाङमा भ्रमणको रूपमा आएको टोलीले आइतबार देउखुरीको सग्रापुर र बग्रापुर क्षेत्रमा गरिएको तरकारी खेतीको अवलोकन गरेको छ । नवप्रतिभा कृषक सहकारी संस्था र नर्ती सामुदायिक वन समन्वय समितिको पहलमा गरिएको तरकारी खेतीको अनुगमन, जैविविक विविधता, जिविकोपार्जन र स्वास्थ्यको दृष्टिकोणले तरकारी बाली उत्तम बाली रहेको निष्कर्ष टोलीले निकालेको थियो । टोली संयोजक राममल्ल ठकुरीको अगुवाइमा तरकारी बालीको अवलोन गरिएको हो । (सौस)

प्रतिक्रिया