अपराधीलाई निर्वाचनमा उठ्न नदेउ

काठमाडौं, २६ जेठ । फौजदारी अभियोग प्रमाणित भएकालाई संविधानसभा निर्वाचनमा उम्मेद्वार बनाउन नहुने मागसहित द्वन्द्व पीडित टुहुरा समाजलगायतका संघ/संस्थाले सिंहदरबार अगाडि धर्ना दिएको छ ।
सिंहदरबारको दक्षिण गेटमा आज (आइतबार) जम्मा भएका उनीहरुले फौजदारी अभियोगमा सजाए पाएका अपराधीलाई उम्मेद्वारी दिनबाट बञ्चित गराउन माग गरेका हुन् ।
प्रमुख चार राजनीतिक शक्तिले फौजदारी अभियोग लागेका नेताले पनि निर्वाचनमा उम्मेद्वार दिन पाउने गरेर कानून बनाउन लागे पछि विरोध हुँदै आएको छ ।
‘दण्डहिनताको अन्त्य गर्न अपराधीलाई निर्वाचनमा रोक्नु पर्छ,’ उनीहरुको माग थियो ।
झण्डै एकघण्टा भएको धर्नाका क्रममा प्रहरीसँग केही समय तनाव भएको थियो ।

प्रतिक्रिया