काभ्रे पत्रकार समाज गठन

काठमाडौं : काभ्रेमा जन्मिएर काठमाडौंमा पत्रकारिता गरिरहेका पत्रकारहरूको भेलाले काभ्रे–काठमाडौं पत्रकार समाज गठन गरेको छ ।
रेडियो नेपालका हरिशरण लामिछानेको अध्यक्षतामा १३ सदस्यीय समाज गठन गरिएको हो । समाजको उपाध्यक्षमा अनन्तप्रसाद वाग्ले, सचिवमा भीम गौतम, कोषाध्यक्षमा राधिका ढकाल तथा सदस्यहरूमा अनुराग अधिकारी, माधव दुलाल, शिव दाहाल, बलराम श्रेष्ठ, यादव हुमागाईं, रञ्जित तामाङ, नवराज मैनाली, रोजिना लामा र यशोदा अधिकारी छन् ।
कार्यक्रम काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, राष्ट्र बैकका उपनिर्देशक केशव थापा, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईं, वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, हरिबहादुर थापालगायतले बोलेका थिए । कार्यक्रममा वरिष्ठ गायकद्वय चन्द्रकुमार दोङ र विक्रम शाह, गायिकाद्वय इन्दिरा गोले र मञ्जु गौतमलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । (सौस)

प्रतिक्रिया