दि रेन्ज डबिङ सुरु

Deepa-Thapa-Sourya-Dailyकाठमाडौ : फरक विषयवस्तुमा निर्माण गरिएको भनिएको चलचित्र दि रेन्जको शुक्रबारबाट डबिङ सुरु भएको छ । अश्लील र भड्किलो विषयवस्तुमा आधारित चलचित्र निर्माणमा तीव्रता आइरहेको वर्तमान अवस्थामा यसमा फरक विषयवस्तु समेटेको निर्माण पक्षले जानकारी गराएको छ ।
एक साधारण मानिसलाई प्राप्त अलौकिक दैविक शक्तिको सदुपयोगबाट के हुन्छ र दुरुपयोग गर्दाको परिणाम कस्तो निस्कन्छ भन्ने विषयवस्तु चलचित्रमा समेटिएको प्रस्तुतकर्ता रमेश थापाले बताए । भने, ‘चलचित्रमा युवा वर्गलाई आकर्षित गर्ने खालका मसलाका भरपूर प्रयोग गरिएको छ ।’
प्रदीपकुमार केसी कार्यकारी निर्माता रहेको यस चलचित्रमा राज क्षितिज, दीपा थापा, गणेश उप्रेती, सुनिता आचार्य, सुजन वन, विश्व पाण्डे, सीताराम चौधरी, रमेश तामाङ, लक्ष्मण परियार, निशा सुनुवार आदि कलाकारको अभिनय छ । चलचित्रको निर्देशन राम नेपालले गरेका हुन् । (सौस)

प्रतिक्रिया