ब्रिटिस कलेजमा प्रमाणीकरण

काठमाडौं, २५ जेठ । मेट्रोपोलिटन युनिभर्सिटीको उच्चस्तरीय टोलीले ब्रिटिस कलेजमा लिड्स प्रमाणीकरण कार्यक्रम सम्पन्न गरेको छ । तीन दिनसम्म सञ्चालित उक्त कार्यक्रममा उच्च शैक्षिक विज्ञ र मुख्य अफिसियल कलेजका प्रतिनिधिले औपचारिक भ्रमण गरेका थिए ।

उक्त अवसरमा कलेजका विभागीय प्रमुखसँग परामर्श गर्नुका साथै द ब्रिटिस कलेजका मुख्य विभागीयहरूसँग नेपालमा अन्य बेलायती डिग्री सञ्चालन गर्न सकिने सम्भावनाबारे बुझेका थिए । हाल एमएस्सी इन इन्टनेसनल म्यानेजमेन्ट, बिबिए र ब्याचलर इन कम्प्युटिङका कोर्षहरू सञ्चालित छन् । त्यस्तै, ब्रिटिस कलेजले लिड्स मेट्रोपोलिटन युनिभसिटीका विभिन्न बेलायती कोर्सहरू सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । जसमा एमएस्सी इन पब्लिक हेल्थ, एमएस्सी इन इन्फर्मेसन म्यानेजमेन्ट, एमबिए (एक्जुक्टिभ) र ब्याचलर इन विजनेस म्यानेजमेन्ट छन् । द ब्रिटिस कलेजले अन्य बेलायती डिग्री पनि सञ्चालन गरिरहेको छ । जसमा एसिसिए, सीमा र ए लेभल छन् ।

प्रतिक्रिया