प्राज्ञहरु सत्य र न्यायको पक्षपोषण गर्ने वर्ग

काठमाडौं, २४ जेठ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्राज्ञहरु विवेकका आधारमा सत्य र न्यायको पक्षपोषण गर्ने प्रबुद्ध वर्ग भएको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको २७ औं प्राज्ञ सभालाई आज (शुक्रबार) काठमाडौंमा सम्बोधन गर्दै रेग्मीले प्राज्ञहरुको श्रृजना, रचना र विचारका माध्यमबाट समाजलाई पथप्रदर्शन गर्न सकिने बताए ।
‘इतिहासको विशेष परिस्थितिमा राष्ट्रका लागि आवश्यक संविभान निर्माण गर्ने प्रयोजनका लागि गरिने संविभानसभाको निर्वाचनलाई सफल पार्ने अभियानमा सबै लाग्नु पर्छ,’ उनले भने ।
मानव समुदायको अभिन्न पक्षका रुपमा रहेको सँस्कृतिले समाजका विविध पक्षहरु र सामाजिक यथार्थतालाई प्रतिविम्बित गर्ने भन्दै उनले यसको संरक्षणमा ध्यान दिनु जोड दिए ।
अध्यक्ष रेग्मीले प्रज्ञा प्रतिष्ठानको विकासका लागि संस्थागत प्रबद्र्धनलाई जोड दिँदै अनुसन्धान र श्रृजनात्मकतामा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया