गुल्मीका बन्द एफएम रेडियो सुचारु

गुल्मी, २४ जेठ । बिगत ४ दिन देखि बन्द रहेका गुल्मीका एफएम रेडियोहरु सूचारु भएका छन् । सरोकारवालाहरुको आग्रहमा बन्द रेडियो स्टेशन आज (शुक्रबार)बाट सुचारु भएका हुन् ।
विद्युत् आपूर्तिमा समस्या भए पछि गुल्मीका सम्पूर्ण एफएम रेडियोहरु विरोधमा बन्द भएका थिए ।
प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको कार्यकक्षमा बसेको सरोकारवालाहरुको बैठकले बन्द एफएम रेडियो सञ्चालन गर्ने सहमति गरेको थियो ।
सामुदायिक रेडियो स्काई, रेडियो रेसुङ्गा, रेडियो गुल्मी र रुरु एफएमले प्रशारण सूचारु गरेका हुन् ।

प्रतिक्रिया