बुल्गेरियाको सौन्दर्य प्रतियोगितामा नेपालका बालबालिका

Sanaकाठमाडौं : स्वदेशमा सम्पन्न बाल सौदर्य प्रतियोगिताका विजेताले अब अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न पाउने भएका छन् । ई प्लानेटले बानलबालिकाका लागि सो अवसर दिलाउन लागेको हो ।
बुल्गेरियामा आयोजना हुने चिल्ड्रेन अफ युनिभर्समा नेपालका बालबालिकालाई सामेल गराउने औपचारिक अधिकार आफूले प्राप्त गरिसकेको ई प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए । त्यहाँ हुने दुई प्रतियोगितामा उनले चार बालबालिकालाई सहभागी गराउँदै छन् ।
जुन १६ तारिखमा बुल्गेरियाको बुर्गासस्थित सी विच रिसोर्टमा हुने चिल्ड्रेन अफ युनिभर्सको फाइनल स्पर्धाका लागि चाइल्ड आइकन २०१० र जुनियर ब्याटल २०१३ का विजयी पठाइन लागेको सापकोटाले जानकारी दिए । उक्त प्रतियोगितामा सहभागी प्रतियोगीले नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गर्नेछन् । जुन ११ देखि १६ सम्म चल्न सो स्पर्धाका लागि आगामी आइतबार अभिभावकसहित प्रतियोगी बुल्गेरिया जाने व्यावस्था भइसकेको ई प्लानेटले जनाएको छ ।
सात वर्षदेखि बुलगेरियमा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा चालीस राष्ट्रका बालबालिकाको स्पर्धा हुनेछ । नेपालको सहभागिता यो नै पहिलो हो । प्रतिभावान् बालबालिकाको क्षमता र व्यक्तित्व विकासका साथै नेपालको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने ई प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले विश्वास व्यक्त गरे । (सौस)

प्रतिक्रिया