मंसिरमा पनि चुनाव हुन्न : महरा

Krishnabahadur-Maharaकाठमाडौं, २४ जेठ । एकीकृत माओवादीका पोलिटब्युरो सदस्य कृष्णबहादुर महराले मंसिर महिनामा पनि संविधानसभा चुनाव नहुने घोषणा गरेका छन् । राजनीतिक दलबीच दूरी बढ्दै गएका कारण चुनाव अनिश्चित बन्दै गएको उनले बताए ।

नेपाल राष्ट्रिय स्वास्थकर्मी संगठनको प्रथम महाधिवेशनमा बोल्दै महराले दलहरू निर्वाचन कानुनको विषय नै विवादित बनेको बताए । ‘निर्वाचन अनिवार्य छ तर त्यसका लागि दलहरू सहमतिमा पुग्नुपर्छ । अहिलेसम्म सहमतिमा पुग्न सकिएको छैन’, उनले भने ।
महाधिवेशनले चित्रजंग शाहीको नेतृत्वमा एक सय एक सदस्यीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लोकन्द्र डाँगी, अन्य उपाध्यक्षहरूमा टेकराज केसी, नागेन्द्र कुसुवा, ओमकुमारी कँडेल, भरत कँुवर, नोखराज पोखरेल, वामदेव आचार्य, लीला सिंह केसी चयन गरेको छ । त्यसैगरि महाधिवेशनले महासचिवमा लीलानाथ भण्डारी सचिवहरूमा चन्द्रबहादुर खत्री, ऋषिराज न्यौपाने, पदमराज जैसी, विनिता पौडेल र कोषाध्यक्षमा दोर्ण खनाल तथा सहकोषाध्यक्ष सेवानन्द गिरीलाई चयन गरेको छ ।

प्रतिक्रिया