शर्माद्वारा पदबाट राजीनामाको घोषणा

himalकाठमाडौं, २३ जेठ । एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका त्रिभुवन विश्व विद्यालय कीर्तिपुर, स्वतन्त्र विद्यार्थी युनियनका सभापति हिमाल शर्माले पदबाट राजीनामा दिएको घोणा गरेका छन् ।
शर्माले आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजीनामाका बारेमा जानकारी गराएका हुन् । ‘स्ववियु सभापतिबाट आज मेरो राजीनामा,’ उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार आज (बिहीबार)का लागि तोकिएको स्ववियु निर्वाचन विद्यार्थी संगठनहरुको विवादका कारण हुन सकेको थिएन । केन्द्रीय क्याम्पसमा शर्माले अघिल्लो निर्वाचनमा सभापतिमा जित हालिस गरेका थिए ।

प्रतिक्रिया