काठमाडौं, २३ जेठ । सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धि दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा संचारमन्त्री माधव पौडेलले जानकारी दिए । न्यायपरिषद् दोस्रो संशोधन अध्यदेश सम्बन्धित समिति हुँदै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि सरकारले गरेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण विभागको महाप्रबन्धकमा डा. दण्डपानी पौडेललाई नियुक्ति गर्ने निर्णय गरेको मन्त्री पौडेलले बताए ।
प्रतिक्रिया