मोर्चाद्वारा सरकारलाई एकसाताको अल्टिमेटम

Khilraj Regmi Cjकाठमाडौं, २३ जेठ । संघीय लोकतान्त्रिक मोर्चा नेपालले चारदलीय सिन्डिकेट खारेज गर्नुपर्ने मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
मोर्चाका नेताहरुले काठमाडौंमा आज (बिहीबार) अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेट गरेर चार दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक समिति विघठन गर्न माग गरेका हुन् । उनीहरुले समितिका कारण मुलुक झन् असंवैधानिक गतिविधिमा फस्दै गएको आरोप लगाएको छ ।
चारदलीय सिन्डिकेट खारेज गर्नुपर्ने, न्यूनतम मतको व्यवस्था खारेज हुनुपर्ने, पुरानै समानुपातिक सदस्य संख्या राख्नुपर्नेलगायतका मागसहितको ज्ञापन पत्र बुझाएको मोर्चाका सदस्य एवं मधेस राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले जानकारी दिए । ‘मागसहितको ज्ञापन पत्र बुझाएका छौं,’ उनले भने, ‘एकसाता भित्र माग पुरा नभए आन्दोलन गर्छौं ।’
वर्तमान मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीहरु निर्वाचन गराउने भन्दा पनि सत्ता लम्बाउने षड्यन्त्रमा लागेको मोर्चाको आरोप छ । मोर्चाले संविधानसभाको मिति छिटो घोषणा गर्न माग गर्दै पनि आएको छ ।
मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, मधेस राष्ट्रिय समाजवादी पार्टीलगायत दर्जन साना दलहरु आवद्ध छन् ।

प्रतिक्रिया