नेविसंघद्धारा भोलीको उपत्यका बन्द फिर्ता

nebishangकाठमाडौं, २२ जेठ । नेपाल विद्यार्थी संघले बिहीबारका लागि आहृवान गरेको उपत्यका बन्द फिर्ता लिएको छ । अन्य आन्दोलनका कार्यक्रम जारी राख्दै त्रिविको अपीललाई ध्यानमा राखेर बन्दका कार्यक्रम भने फिर्ता लिएको नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी (एमाओवादी) र अनेरास्ववियु क्रान्तिकारी (माओवादी)का कारण स्ववियु चुनाव भाडिएको भन्दै नेविसंघले बन्द आहृवान गरेको थियो । उसले जेठ मसान्तभित्रै चुनावको माग गर्दै बन्दसहितका कार्यक्रम घोषणा गरेको थियो ।
स्ववियु चुनावको मिति घोषणाको माग गर्दै राखिएको बन्दका कार्यक्रम फिर्ता भए पनि अन्य आन्दोलनका कार्यक्रम जारी रहने नेविसंघ उपाध्यक्ष ऋषिकेशजंग शाहले बताए । संघले यसअघि क्याम्पस अगाडि प्रदर्शन, सरकारी गाडी चलाउन रोक, उपकुलपति कार्यालय घेराउजस्ता विरोधका कार्यक्रम गर्दै आएको थियो ।
त्रिविको सूचना शाखाले बुधबार नै विज्ञप्ती जारी गर्दै नेविसंघलगायत विद्यार्थी संगठनलाई चुनावबारे छलफलका लागि वार्तामा आउन आग्रह गरेको हो ।

प्रतिक्रिया