बजेट निर्माणमा विज्ञहरुसंग परामर्श

DSC06460काठमाडौं, २२ जेठ । आर्थिक बर्ष २०७० /७१ को बजेट निर्माणमा रहेको अर्थमन्त्रालयले विभिन्न क्षेत्रका विज्ञहरुसंग परामर्श थालेको छ । मन्त्रालयले आज विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर आगामी बजेटको स्वरुपका विषयमा छलफल थालेको हो । आउँदो बजेटमा सरकारले लिने ६ प्रतिशतको आर्थिक लक्ष्य पूरा गर्न अपनाउनुपर्ने सावधानी र उपायका बारेमा विज्ञहरुले आआफ्नो सुझाव दिएको मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले बताए ।
छलफलमा विश्व विद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, राजनीतिशास्त्री, औद्योगिक क्षेत्रका विज्ञ र निजी क्षेत्रमा कार्यरत व्यक्तिहरु सहभागी थिए ।
कृषि, उर्जा, पर्यटन मार्पmत कसरी रोजगारी सिर्जना गर्ने भन्ने विषयमा सहभागीहरुले सुझाव दिएको नेपालले बताए । उनले विज्ञहरुको सुझाव समेट्दै बजेट निर्माण गरिने जानकारी दिए ।

प्रतिक्रिया