पूर्वराजा जिल्ला भ्रमणमा जाँदै

Raja-Gayanendra-shahaराजविराज, २२ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वीतराईको भ्रमणका लागि २७ जेठमा सप्तरी आउने भएका छन् । उनका संवाद सचिव डा. फणिराज पाठकले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।

धार्मिक उद्देश्यका साथ पूर्वराजा ज्ञानेन्द्र सप्तरी आउँदा भारदहस्थित कंकालनी मन्दिर, हनुमाननगरको हनुमान मन्दिर, छिन्नमस्ताको छिन्नमस्ता भगवती मन्दिर, राजविराजको राजदेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको पाठकले पत्रकारलाई बताए । पूर्वराजाको सर्वसाधारणसित भेटघाट गर्ने कार्यक्रम स्थानीय समितिद्वारा तय गरिने संवाद सचिव पाठकले बताए । कंकालनी मन्दिरको दर्शन तथा पूजाआजाका लागि गजेन्द्र खिडहरी यादव, हनुमान मन्दिरका लागि डा. देवनारायण यादवलगायतको संयोजकत्वमा स्थानीय समिति गठन भइसकेको उनले बताए ।
पाठकसँगै रहेका किशोरी महतोले पूर्वराजा ज्ञानेन्द्रको सिरहा, सर्लाही, महोत्तरीलगायत जिल्लामा समेत पहिलो चरणको भ्रमण योजना रहेको बताए । काठमाडौंबाट सिमरा ओर्लेपछि पूर्वराजा मोटरबाटै सप्तरी आउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया