उपकुलपतिको कार्यालय घेराउ

nepal student uniyanकाठमाडौं, २१ जेठ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गरेर नेपाल विद्यार्थी संघले आज त्रिभुवन विश्व विद्यालयका उपकुलपतिको कार्यालयमा घेराउ गरेको छ ।
घेराउका क्रममा उपकुलपति विरुद्ध नारावाजी गर्नुका साथै कार्यालय आवागमनमा अवरोध पुर्‍याएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
विद्यार्थी संगठनहरुको आ–आफ्नै अडानका कारण निर्वाचन अनिश्चित भए पछि नेविसंघले चुनावको वातावरणका लागि दवाव स्वरुप विभिन्न कार्यक्रम गर्दै आएको छ ।
त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन नगरे कडा आन्दोलन गर्ने नेविसंघका प्रवक्ता लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया