घाइतेको ज्यान गयो

उदयपुर, २१ जेठ ।  उदयपुरको त्रियुगा नगरपालिका–८ वगाहास्थित ढल्के चौकमा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार राति गाडी दुर्घटनामा गम्भीर घाइते भएका त्रियुगा नगरपालिका–१ बोक्सेका ३५ वर्षीय कुमार अधिकारीको उपचारका क्रममा सोमबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।
बा १६ प ५६८५ नम्बरको मोटरसाइकमा चढी जलजलेबाट घरतर्फ आउँदै गरेका अधिकारीलाई विपरीत दिशाबाट आउँदै गरेको स १ त २५३८ नम्बरको ट्याक्टरले राति ८ बजे बगाहामा ठक्कर दिएको थियो । प्रहरीका अनुसार     दुर्घटनामा परी गम्भीर घाइते अधिकारीलाई तत्काल एम्बुलेन्समार्फत न्युरो अस्पताल पुर्‍याइएको थियो । ट्याक्टर चालकलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया