आजाद सपनामा आएर देशको चिन्ता गर्नुहुन्छ

DSCI0560तत्कालीन पञ्चायती सरकारले बनाएको महिला संगठनमा लाग्नुभएको थियो फुपू । त्यसको जनकपुर क्षेत्रको सभापति हुनुहुन्थ्यो । आजादको चिनजान उहा“स“ग भएछ । फुपूलाई गाउ“को स्कुलका लागि शिक्षक चाहिएको थियो । उहा“कै आग्रहमा आजाद त्यहा“ पढाउन थाल्नुभयो । त्यही क्रममा आजादस“ग मेरो पनि चिनजान भयो, ०२३ सालमा । उहा“को खास नाम ऋषि देवकोटा रहेछ । त्यसअघि उहा“ पार्टीकामको सिलसिलामा सिन्धुलीमा हुनुहु“दो रहेछ । नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय हुनुहुन्थ्यो । काठमाडौंबाट पढाइ सिध्याएर त्यहा“ जानुभएको ।
रह“दै बस्दै गर्दा फुपूले आजादस“ग मेरो बिहेको कुरो चलाउनुभयो । सुरुमा बुबाआमाले मान्नुभएन । बुबाको भनाइ थियो, ‘राजनीति गर्नेको भर हु“दैन ।’ उहा“को आर्थिक अवस्था पनि कमजोर थियो । त्यसैले छोरीले दुःख पाउली भन्ने उहा“हरूलाई लागेछ । फुपू अलि फराकिलो विचारकी हुनुहुन्थ्यो । सबैलाई सम्झाउनुभयो, ‘केटा असल अनि पढेलेखेको छ । स्कुलको हेडमास्टर भइसकेको व्यक्तिलाई छोरी दि“दा कुनै समस्या नहोला । उनीहरूको जीवन सुखैले चल्छ ।’ पटकपटकको पारिवारिक सल्लाहपछि मेरो राय मागियो । म जम्मा चौध वर्षकी केटी, कुनै जवाफ दिन सकिन“ । यस्तैमा ०२४ फागुन २९ गते हाम्रो परम्परागत विवाह भयो ।
बिहेलगत्तै उहा“माथि पञ्चायती सरकारले मुद्दा चलाउन सुरु ग¥यो । स्कुलमा पढाएर बस्ने अवस्था रहेन । पटकपटक पक्राउ गर्दै तारेखमा छोड्न थाल्यो । बिहेको ६ महिनामा पहिलोचोटि पक्राउ पर्नुभयो । मलाई राजनीतिबारे धेरै ज्ञान थिएन । चार कक्षामा पढ्दा थोरै सुनेकी थिए“ । बिहेको चार–पा“च दिनपछि उहा“ले भन्नुभयो– ‘म राजनीति गर्ने मान्छे, जीवनको केही भर छैन । जुनसुकै बेला जेल जान सक्छु, प्रहरीले मार्न पनि सक्छन् । त्यसबेला तिमीले सम्हालिनुपर्छ । शत्रु र विरोधीका अगाडि कहिल्यै शिर नझुकाउनू, आ“सु नझार्नू ।’ सुरुमा म झस्के“ । राजनीतिका सामान्य कुरा पनि नबुझेकी मैले त्यति ठूला कुरा कसरी बुझ्नु † त्यसमाथि उहा“ निकै गम्भीर कुरा गर्दै हुनुहुन्थ्यो ।
उहा“ मलाई राजनीतिक किताबहरू दिन थाल्नुभो’ । ‘गंगालालको चिता,’ ‘कठरेखाडी’ जस्ता किताब पढे“ । ०२८ सालमा म पनि पार्टीको सक्रिय दलमा संगठित भए“ । ऊ मलाई पहिलोपटक पार्टीमा संगठित गराउने अनि शपथ खुवाउने व्यक्ति आजाद नै हो । पछि पार्टीको सदस्यता लिए“ । केही दिनपछि नै मैले बुझ्न थालेकी थिए“– वास्तवमै उहा“को जीवन सहज र सुरक्षित छैन । पञ्चायती सरकारले उहा“को टाउको ल्याउनेलाई पा“च लाख रुपिया“ इनामको घोषणा गरेको थियो । तर, उहा“को संगतले मेरो आत्मबल दह्रो हु“दै गएको थियो । उहा“लाई केही भइहाले बच्चा र आफूलाई सम्हाल्न सक्छु भन्ने विश्वास पलायो । उहा“को मार्गदर्शनले नै त्यो साहस जगाइदिएको हो ।
पञ्चायती सरकारले उहा“लाई निकै आश्वासन दियो । राजनीति छोडे अञ्चलाधीश, सिडिओ बनाइदिन्छु भन्यो । धनसम्पत्ति, जग्गाजमिनको लोभ देखायो । तर, उहा“लाई ती कुनै वैभवले आकर्षित गरेनन् । आर्थिक रूपमा निकै समस्या थियो । तर, अरूका अगाडि आत्मसमर्पण गरेर सुखले बा“च्ने पक्षमा हामी थिएनौ“ । उहा“को राजनीतिक यात्रामा परिवारले पनि सधै“ साथ दियो । उहा“को सपना देश, जनता र समृद्ध समाजबाहेक अरू केही थिएन ।
आजादको स्वभाव सरल थियो, सबैलाई सम्मान गर्नुहुन्थ्यो । जनताबीच सधै“ सरल रूपमा प्रस्तुत हुने । कहिले धोती त कहिले कछाड लगाएर हि“ड्नुहुन्थ्यो । जतिसुकै ठूला विरोधी भए पनि अगाडि आएपछि तुरुन्तै कन्भिन्स गराएर पठाउन सक्ने खुबी थियो । गाउ“का फटाहाहरूले कयौ“पटक आक्रमणको प्रयास गरे तर उहा“को वैचारिक प्रभावसामु निरीह बनेर फर्किए ।
सरकारले हाम्रो सर्वस्वहरण गरेको थियो । बस्ने, खाने केही थिएन । म चार बच्चाबच्ची च्यापेर माइतीको शरणमा पुगे“ । एकाएक उहा“लाई गिरङ्खतार गरेको सुने“ । त्यसपछि लगत्तै सिन्धुलीको भिमानस्थित घर आए“ । उहा“को हत्या भइसकेको रहेछ । ०३७ फागुन ११ गते सा“झ पार्टीको सेल्टरबाटै पक्राउ गरेछन्, भिमानको पारिपट्टिबाट । सेल्टर दिनेहरूले नै लालचमा फसेर धोका दिएछन् । पक्राउको भोलिपल्टै हत्या गरेछन् । पक्राउपर्नेबित्तिकै सिन्धुलीमा चौतर्फी विरोध भयो । विद्यार्थीहरूले प्रहरीबाट उहा“लाई खोस्ने योजना बनाएपछि अर्कै बाटो लगेका रहेछन् ।
तीन दिनपछि म घटनास्थल पुगे“, भिमानको दोभानमा । साथमा देवर र जेठो छोरा थिए । गाउ“लेहरू पा“चचोटि फायरिङको आवाज सुनेको बताउ“दै थिए । हत्यापछि मट्टीतेल खन्याएर जलाएछन् । हामी पुग्दा पूरै शरीर जलेको थियो । केही हड्डी देखिन्थे तर छु“दा खरानी नै हुन्थे । वरिपरि रगतका टाटैटाटा । छोरा सुवासले केही हड्डी जम्मा पारेर बोक्यो । ऊ जम्मा आठ वर्षको न थियो । पछिसम्म पनि त्यो हड्डी सम्हालेर राखेका थियौ“ ।
परम्पराअनुसार पतिको निधनपछि महिला विधवा हुन्छे । सेतो वस्त्र लगाइन्छ । छोराको केश मुण्डन गरिन्छ । तर, मैले त्यो गरिन“ । आज पनि आफूलाई विधवा मान्दिन“ । उहा“को काजक्रिया गरेनौ“ न त श्राद्ध ग¥यौ“ । हिजो जस्तो रंगको लुगा लगाउ“थे“, आज पनि लगाउ“छु । यत्तिका वर्ष भयो उहा“को हत्या भएको तर सरकारले अझै औपचारिक रूपमा जानकारी गराएको छैन । घटनालगत्तै सर्वोच्च अदालतमा उजुरी ग¥यौ“ । सर्वोच्चले आदेश ग¥यो– ‘जे–जस्तो अवस्थामा छ, एक हप्ताभित्र सार्वजनिक गराउनू ।’ हाम्रो माग थियो– कि लास देऊ कि मान्छे † सर्वोच्चको आदेश कार्यान्वयन भएन । मौखिक रूपमा प्रहरीले झारा टा¥यो– जनकपुर जेल ला“दै गर्दा भागेकाले कम्मरमुनि गोली हान्दा त्यस्तो घटना भयो ।
आजादलाई पार्टीले सहिद मानेको छ तर राज्यले मानेको छैन । एमालेका तीन जना प्रधानमन्त्री भए तर यो विषयमा कसैले चासो देखाएनन् । माओवादीले जसलाई पनि सहिदको सूचीमा राख्न लगायो । पन्ध्र हजार कार्यकर्तालाई सहिदको मानसम्मान दियो । त्यो सूचीमा कस्ताकस्ता व्यक्ति परे, सबैलाई थाहा छ । पञ्चायतकालमा तीन सय पचास जनाले शहादत पाएछन् तर राज्यको सूचीमा छैनन् । पञ्चायतको कालरात्रिमा उनीहरूले मुलुककै खातिर आङ्खनो ज्यान माया मारे तर आज देश अझ अप्ठ्यारो अवस्थामा पुगेको छ । सहिदको सपनामाथि खेलबाड भएको छ ।
आजादलाई सहिद घोषणा गर्न पटकपटक आवाज उठाइरहेका छौ“ । त्यो मात्रै पनि उहा“को ठूलो सम्मान हुनेछ । कम्युनिस्ट पार्टीका कुनै प्रधानमन्त्री तयार भएनन्, उहा“लाई राष्ट्रिय सहिद घोषणा गर्न । जवाफ दिए, ‘यो निर्णय गर्दा विवाद हुन्छ ।’ अचम्म लाग्छ– पन्ध्र हजार जोसुकैलाई सहिद बनाउ“दा विवाद नहुने, मुलुकका खातिर ज्यान अर्पण गर्ने आजादलाई सहिद घोषणा गर्दा केको विवाद ?
उहा“ भन्नुहुन्थ्यो, ‘केही समयमै जनताको राज्यव्यवस्था आउनेछ । किसान–मजदुरले सुख पाउनेछन् । महिलाले आङ्खनो अधिकार पाउनेछन् ।’ मलाई पनि लागेको थियो– आजादले आफूलाई बलिवेदीमा चढाउन तयार हु“दा उहा“का सपना पूरा होलान् † नाम मात्रको लोकतन्त्र–गणतन्त्र होइन, वास्तवमै जनताका लागि ठूलो उपलब्धि आउला । सर्वहाराको सुखको बाटो खुल्ला । मेरा पतिले राज्यका लागि ज्यान दिनुभयो त जनताले सुख पाउलान् भनेर चित्त बुझाएकी थिए“ ।’ आङ्खनो र परिवारको सुखभोग त्यागेर उहा“ देशका लागि सहिद हुनुभयो तर अहिले नेताहरूको जीवनशैली र व्यवहार देख्दा दुःख लाग्छ । सहिदका सबै सपना भताभुङ भएका छन् ।
आजादकी श्रीमती भएकोमा मलाई गर्व छ । अहिलेका नेताको चुरीफुरी र जीवनशैली हेर्दा लाग्छ– उहा“ले व्यर्थैमा जीवन फाल्नुभएछ । उहा“को विचारको अवमूल्यन भएको छ । मान्छे बा“च्नुपर्ने रहेछ । मरेर होइन, बा“चेर देशका लागि काम गर्नुपर्ने रहेछ । आजादजस्ता धेरै सहिदको सपना पूरा भएन । उहा“ हुनुभएको भए आज पार्टी र जनताका लागि धेरै गर्नुहुन्थ्यो । समाज देख्न पाउनुहुन्थ्यो । जुन उद्देश्यका लागि उहा“ सहिद हुनुभयो, त्यो पूरा नभएपछि केका लागि हुने सहिद ? सहिदहरूप्रतिको बेवास्ताकै कारण यस्तो भएको हो । उहा“ बा“च्नुपर्ने रहेछ । कहिलेकाही“ सपनामा आएर पार्टीको कुरा गर्नुहुन्छ, देशको चिन्ता गर्नुहुन्छ । व्यक्तिगत लोभका कुरा केही गर्नुहुन्न, राजनीतिकै चिन्ता देखाउनुहुन्छ ।
चमिना भट्टराई

प्रतिक्रिया