मत-विमत

कोभन्दा को कम ?

सौर्य अनलाइन २०७० जेठ १९ गते ११:०४ मा प्रकाशित

kराजनीतिक पार्टीहरूबीच बिहान छलफल भयो भने दिउ“सो सहमति हुन्छ भन्छन् । दिउ“सो छलफल भयो भने बेलुका कुरा मिल्छ भन्ने गर्छन् । बेलुकी कुराकानी भयो भने भोलि सबै विÈयमा सहमति हुन्छ भनी जनतालाई भनिरहेका छन् । यसरी नै महिनौ“ ?  बितिसकेको छ । १ सय ५० भन्दा बढी दल निस्कन्छन्, यो देशमा । कसैले हामी साना हौ“ भन्दैनन् । सबैले देश हल्लाएका छन् । सबैले नेपाल बन्द चक्काजाम गरेकै छन् । सबै सफल भएका पनि छन् । सबैले झो“क चलेमा यो देश उडाइ दिन्छु भनेकै छन् । उडाएकै पनि छन् । कुनै दलको सदस्य हो वा होइन, भोट हाल्छ कि हाल्दैन ? खेतालो खोजेर जुलुसमा गएको पो छ कि ? त्यसै घुसेर गएको भात मारा पो हो कि ? उसले त थर्काउ“छ, उसले भनेको खुरुक्क मान्नु पर्छ । नन्दी त शिवजीको बसाहा पो त । उसले भनेको किन नपुग्ने ? तसर्थ उसको पूजा किन नगर्ने ? अचेल यस्तो पनि लाग्न थालेको छ । हेर्नुस् न, एकीकृत माओवादीले देश एक्लै बनाउ“छु भन्छ, ठूलो दल पनि हो । कुरा सुन्दा होला कि जस्तो लाग्छ । ठूला– ठूला नेता पनि त्यसै दलमा छन् । देशको ताला कुञ्जी लिएको पनि छ । सबै दलले प्रचण्डलाई माउ ठानेका पनि छन् । त्यस दलको कुरो नखाने हो भने अरू कसले माखो मार्ला र जस्तो पनि लाग्छ ।
नेपाली कांग्रेसले हामीबाहेक यो देश बनाउन कसैले सक्दैन भन्छ । यो कुरो पनि हो कि जस्तो लाग्छ  । हुन पनि नेपाली कांग्रेस भनेको का“चो माटो हो । त्यहा“ कुनै आकार, प्रकार, वाद,  विवाद, दर्शन, सिद्धान्त केही पनि छैन । न माक्र्सवादको ह्रस्वदीर्घ सच्याउनु पर्ने न विपीको कुनै वाद पढ्नुपर्ने । जसलाई जति बेला जे बनाए पनि हुन्छ, बिगारे पनि हुन्छ । पित्तलजस्तो । जो सक्छ धनी बन्छ, नसक्ने गरिब हुन्छ । अनुशासन पनि खासै कडा छैन । पार्टीबाट  निकाली हाल्लाजस्तो पनि लाग्दैन ।  सनातन धर्मजस्तो छ नेपाली कांग्रेस । यस्तो समुद्रजस्तो पार्टीमा नलागेर कहा“ भौ“तारिन जाने ? । प्रजातन्त्र त नेपाली कांग्रेसको थेगो नै  हो । भएन भनेर जय नेपाल पनि उसैको अंशमा पर्छ । त्यहा“भन्दा अरू के चाहियो र ? एमालेले पूरै देश, जनता प्रशासन हाम्रो कब्जामा छ , अरूले के गर्छन् भनेर राम हेरेको मात्र हो, देश त हामीले पो बनाउन जानेका छौ“ भन्छ । त्यो पनि हो कि, हो कि जस्तो लाग्छ । एमालेमा के छैन ? माक्र्सवाद छैन कि ? लेनिनवाद छैन कि ? उस्तै परे माओवाद पनि छ भन्छन् । जनवाद त झन् बहुदलीय छ । त्यहा“ गएपछि कोही गरिब हुनुपर्दैन । भोकै मर्नुपर्दैन । जागिर पाइयोइन भन्नुपर्दैन । पाक ताउलीको कथाजस्तो छ एमाले । जसले जे खान चाहे पनि जति चाहिए पनि जतिबेला पनि पाक्ने । जतिबेला पायो उतिबेला छोड्न पनि पाइने क्या गज्जब † यस्तो लाग्छ देश त एमालेले मात्र बनाउन जानेको छ अरू सबै लम्फु हुन्, गोबर गण्ँेश । मोहन वैद्य  नेतृत्वको माओवादीले झन् हामीले जंगलदेखि मंगलसम्म जानेका छौ“ भन्छ । युद्धबाट आएको पार्टी उसका कुरा नपत्याउने हो भने कसका कुरा पत्याउने हो ? साम, दाम, दण्ड, भेद सबै जानेको पनि छ । यो कुरो पनि ठिकै हो भन्ने लाग्छ । ठीक हो मात्र हो र ? होइन नै भन्ने स्थान दिन्न कसैलाई । राष्ट्रवादका कुरा छन्, सीमा सुरÔाका कुरा छन् , जनवादका कुरा छन् । मानौ“ यो पार्टी पूरा शब्दकोश हो, । चित्रबहादुर केसीका त कुरै अर्कै । उनका भाÈण्ँ मात्र सुन्दा हाड हा“स्छन् । भर्खरै उनकै पार्टीमा प्रवेश गरौ“–गरौ“ जस्तो लाग्छ । भनेपछि चित्रबहादुर केसी पनि साना नेता भएनन् ।
अझ संघीयताको विÈयमा बोलेका उनका भाÈण्ँ सुन्ने हो भने मान्छे त जुरुक्कै । बोली पनि कति मीठो हो  ? कति यथार्थ हो  ? लाग्छ अब सबै जनता उनकै पछि लाग्ने छन् अरूबाट विकल्पै छैन । यो कुरो पनि हो कि जस्तो लाग्छ । कमल थापाका त कुरै नगरौ“ । बडो मीठा मुखले लरक्क पारेर बोल्छन् । भगवान् मान्ने सबैले उनको कुरो मान्नुपर्ने गरेर लट्ठ पार्छन् । हुन पनि हो, भगवान्को अवतार राजतन्त्र हो भनेर पढेकै हो । कि त यो संसार हा“क्ने भगवान् नै हुन् नत्र भने राजा नै हो । अहिले देशमा स्थानीय निकायदेखि केन्द्रीय राजनीतिसम्म राजनीतिक दलको उपस्थिति शून्य छ । सबै दलका नेता बकुल्ला जस्ता भएका छन् । यो अवस्थामा कमल थापाले जे बोल्ने गरेका छन् ठिकै बोले भन्ने लाग्छ । हेर्नुस् न धेरै मान्छे उतै जयजय गर्दै पछि लाग्दै छन् । यो देख्दा त लाग्छ अबका राजा कमल थापा नै हुने पो हुन् कि ? उता सूर्यबहादुर थापाहरूको त कुरै नगरौ“ । राजावादी भने राजावादी सही, गण्ँतन्त्रवादी भने गण्ँतन्त्रवादी सही । प्रजातन्त्रवादी भने पनि प्रजातन्त्रवादी सही  । यो दलमा चीची पनि पाइन्छ पापा पनि पाइन्छ । तसर्थ, मन चिन्ते नै छ ।  यो पार्टी पनि छोडिहाल्ने अवस्थाको छैन । मधेसी दलको कुरै गर्नु परेन । मधेस नभए त नेपालै रहन्न । पृथ्वी नै खोक्रो हुन्छ । उता नारायण्ँ मान बिजुक्छेको पार्टी ओर्जिनल माओत्सेतुङगको जस्तो ठ्याक्कै कर्म र अनुहारसमेत मिल्छ । माओवादलाई मान्ने हो भने बिजुक्छे नम्बर एक नेता हुन् , अरूले किन माओवादको लफडा बोकेर हि“डेका होलान् कुन्नि ? यसर्थ यो दल पनि चानचुने भएन, चित्तै बुझ्छ । मातृका यादवको कुरो सुन्दा त्यस्तै लाग्छ । जनमक्ति पार्टी त झन् आदिवासी जनजातिको पार्टी भयो । उसले झनै राम्रा कुरा गर्ने नै भयो । माले, माक्र्सवाद लेनिनवादको आदर्श बोकेको पुरानो कम्युनिस्ट पार्टी भयो, उसका कुरा बेठीक हुने कुरै भएनन् । यसबाहेक पनि धेरै पार्टी अस्तित्वमा छन् । उनीहरूका भाÈण्ँ, घोÈण्ाँ पत्र आदि हेर्दा त्यही कुरा सत्य हो जस्तो लाग्छ ।
अहिले सरकार चलाउने सवालमा होस् वा चुनाव गराउने सवालमा होस् वा संविधान बनाउने सवालमै होस् मुख्य ठूला दलमध्येका ४ दल र उनीहरूका समर्थक दलले आपूm अयोग्य भएको जस्तो गरी बहालवाला प्रधानन्यायाधीशको जिम्मामा सरकारको ताल्चा सा“चो छ । यस कुराको विरोध साना ३३ दल समूहले  जनाएका छन् । यो कुरो पनि सा“च्चै जस्तो लाग्छ । यता प्रचण्ड नेता भएको ४ दल समूहले सबै बिग्रेका कुरा समेटेर समाधान गर्छु भन्छ ।
राजनीति गर्ने हो र देशको उन्नति चाहने हो भने तथा शान्ति चाहने हो भने यो कुरो मान्नैपर्ने हुन्छ । यस मानेमा यसैको पछि लाग्नुपर्ने देखिन्छ ।  सबै कुरा भन्दै गर्दा देश त कर्मचारीले मात्र पो चलाएको छ त ।  यसको मतलब  पूरै राजनीतिक दल अयोग्य त भएका होइनन् ? भो सबै दल र नेता शक्तिशाली देखिन्छन् । मान्नैपर्ने हुन्छ । कसैलाई नमानु एक्लै कहा“ जाउ“ ? सबैलाई मानू उही देवताको चाल हुन्छ । हे प्रभु † अब हुने संविधानसभाको निर्वाचनमा भोटचाहि“ कुनलाई  कहा“ हालू“ ?

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय