शर्माले गरे पूर्व राजा विरेन्द्रका परिवारको श्राद्ध

rakesh 2बर्दिया, १९ जेठ । बर्दियाका एक नागरिकले पूर्व राजा विरेन्द्र शाहका परिवारको विधिपूर्वक आज श्राद्ध गरेका छन् । 

विगत दुई बर्ष देखि समयमा संविधान निर्माण गर्न नसकेको भन्दै संविधान सभाका सभासद्को श्राद्ध गर्दै हिड्ने बर्दियाका राकेश कुमार शर्माले आज भने राजदरबार हत्याकाण्ड भएको दिन पारेर पूर्व राजा विरेन्द्र शाह परिवारको श्राद्ध गरेका हुन् । 

शर्माले आज बर्दियाको गुलरिया स्थित बागेश्वरी मन्दिरमा पण्डित राखेर विधिपूर्वक श्राद्ध सके । आज जेठ १९ गते विरेन्द्र परिवारको हत्या भएको दिन परेकोले श्राद्ध गरेको बताए । विरेन्द्र तत्कालिन अवस्थामा प्रजातान्त्रिक राजा भएकोे शर्माको कथन छ ।

प्रतिक्रिया