गोली प्रहारबाट एक जना घाईते, गोली हान्ने फरार

hatya goliभैरहवा, १९ जेठ । रुपन्देही स्थित नेपाल भारत सिमा नजिकै गोली चल्दा एक नेपाली घाइते भएका छन् । सदरमुकाम भैरहवा नजिकै रहेको सिद्धार्थ नगर नगरपालीका वडा नं ११ मा पर्ने पिपरैयामा आज बिहान गोली चल्दा स्थानीय ३१ बर्षीय जमशेद पठान घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हरिबहादुर पालले गाँउको चिया पसलमा चिया खाईरहेका बेला पठान माथि गोली प्रहार भएको बताएका छन् । प्रत्यक्षदर्शी गाँउलेका अनुसार भारतबाट मोटर साइकलमा आएको ब्यक्तिले गोली प्रहार गरी भारत तपर्mनै पmरार भएको जनाए । घाईते पठानले आपmुलाई भारतिय नागरिक महेन्द्र यादबले गोली प्रहार गरेको बताए छन । प्रहरी उपरीक्षक पालले आपसी झगडा र बिवादका कारण गोली प्रहार भएको हुन सक्ने बताए ।

प्रतिक्रिया