एलएलाई छात्र क्रिकट उपाधि

काठमाडौं, १८ जेठ । लिटिल एन्जल्सले ललितपुर जिल्लास्तरीय विद्यालय खेलकुदअन्तर्गत छात्र क्रिकेटको उपाधि जितेको छ ।     हात्तीवनस्थित घरेलु मैदानमा भएको फाइनलमा एलएले आदर्श विद्या मन्दिर  (एभिएम)लाई २० रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एलएले निर्धारित १० ओभरमा ६ विकेट क्षतिमा ७७ रनको योगफल खडा गरेको थियो । एलएका पुस्कर देवले १९ तथा विजय पुरीले १४ रन जोडे । जवाफमा एभिएम ९ ओभर २ बलमा अलआउट हुँदै ५७ रनमा समेटियो । एभिएमका विशाल अधिकारीले १९ रन बनाए ।
महोत्सवअन्तर्गत काठमाडौंमा भएको उसुको छानछ्वानतर्फ छात्रमा विजय लामा र छात्रामा जुनु लामा शुक्रबार पहिलो भएका छन् । स्वर्णधारी दुवै न्यू बुद्धप्रकाश स्कुलका छात्र हुन् ।
केन्द्रीय उसु क्वानमा भएको नान्छ्वानतर्फ छात्रमा बुद्धप्रकाशका दोर्जे लामा र छात्रामा किन्डर गार्डेन सेकेन्डरी स्कुलकी मन्जरी महर्जन तथा थाइची छ्वानमा बुद्धप्रकाशका यमन कुलुङ र छात्रामा किन्डर गार्डेनकी करुणा महर्जनले शीर्ष स्थान हासिल गरे । छात्रको ताउसुमा बुद्धप्रकाशका विजय सिन्जाली तथा छात्राको चेनसुमा भग्वती सेकेन्डरी स्कुलकी अन्जु गोलेले स्वर्ण जिते । ४५ खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । काठमाडांैमै छात्र फुटबलमा निम्बेल बोर्डिङ स्कुल र पारामाउन्टले जित हात पारे । निम्बेलले न्यू बुद्ध एकेडेमीबाट वाकओभर पायो भने पारामाउन्टले नर्थ प्वाइन्टलाई ५–० गोलअन्तरले पाखा लगायो । काठमाडांैको छात्र यक्रिकेटमा  न्यू लिरा सेमिफाइनलमा प्रवेश गर्‍यो  । तीन खेलमा जित हात पारेको न्यू लिराले आइडियल इंलिस स्कुल, ग्रिनलेन्स र रिलायन्स इन्टरनेसनल एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
अन्य खेलमा जेभियर इन्टरनेसनल, काठमाडौं वार्षा उमावि र कोटदेवीले जित निकाले । छात्रा बास्केटबलमा न्यू भिजन र जेभियर इन्टरनेसनलले सफलता हात पारेका छन् । न्यू भिजनले मैतिदेवीलाई १८–१० तथा जेभियरले साइपाल एकेडेमीलाई ८–७ ले हराए ।
छात्रमा इनोभेटिभले जेनिथलाई २९–१८, माउन्ट ग्लोरीले गजुरमुखीलाई ३७–११, नेरिकले सूर्योदयलाई ३४–३२, ड्याफोडिलले जगतनाथ स्मृतिलाई ४७–२१, विल्सन एकेडेमीले आइडियल इंलिस स्कुललाई ४४–३२, दीपज्योतिले गान्धी आदर्शलाई २६–१७, स्वर्णिमले जेभियरलाई ४५–३२ तथा न्यू समिटले ओडिसीलाई ४४–४२ ले निराश पारे ।

प्रतिक्रिया