पटाया क्रेज विमोचित

pattaya-काठमाडौं : मोदनाथ सादाको नियात्रा पटाया क्रेज विमोचन भएको छ । भृकुटीमण्डपस्थित विगत केही दिनदेखि जारी पुस्तक प्रदर्शनीमा सो पुस्तकको विमोचना भएको हो । कार्यक्रममा समालोचक दयाराम श्रेष्ठले कृतिमाथि टिप्पणी गर्दै भने, ‘यदि यो कृतिबाट यात्राको प्रसंग झिक्ने हो भने यसलाई उपन्यास भनिदिए हुन्छ । एउटा उपन्यास पढ्दाको भरपुर स्वाद यसमा छ ।’
लेखक तथा चलचित्रकर्मीबाट यसै कृतिमार्फत एउटा शक्तिशाली नियात्राकारको जन्म भएको बताए । सुन्दर लेखनशैली र प्रस्तुतिले कृतिलाई बलियो बनाएको धारणा उनले राखे ।
‘यात्रा सुख र खुसीका लागि गरिने हो र मैले यस कृतिमार्फत पनि पाठकलाई सुख र खुसी बाड्ने कोसिस गरेको छु,’ लेखक मोदनाथ सादाले भने । (सौस)

प्रतिक्रिया