एसएलसी प्रिन्सेस प्रतियोगीका प्रतिभा अनेक

SLC-Princess-Talent-show--(काठमाडौं : एसएलसी प्रिन्सेस ०१३ का सहभागीले आफूमा रहेको प्रतिभा देखाएका छन् । बुधबार जमलस्थित राष्ट्रिय नाचघर आयोजित कार्यक्रममा उनीहरूले आफूमा रहेको प्रतिभा देखाएका हुन् । सिजन मिडियाको आयोजनामा ३ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताको यो तेस्रो संस्करण हो ।
८ बजे सुरु भएको कार्यक्रम मध्याह्न्न १२ बजेसम्म चलेको थियो । कार्यक्रममा आचल दवाडी, आयुसा बस्नेत, सोफिया श्रेष्ठ, डिम्पल भट्टराई, दिप्ती खनाल उत्कर्ष गौतमले नेपाली गीतमा आकर्षक नृत्य प्रस्तुत गरे भने तेन्जिङ छोएकी, खुस्बु लामा, अनिसा खड्का, सृष्टिसुमन ओझा सितुसित बस्नेतलगायतले नेवारी, अंग्रेजी र नेपाली गीत गाउँदै गायन प्रतिभा देखाए ।
त्यस्तै, रिजमा जोशी, श्रीया कार्की, सपना गिरी, संगीता बास्कोटा सुमी कुँवर, प्रियंका मल्ल आदिले विभिन्न रोमान्टिक गीतमा नृत्य देखाए । गृष्मा पौड्याल, प्राची अर्याल, साल्वु न्यौपाने आदिले कविताबाट सबैलाई मनोरञ्जन गराए । रञ्जु लिम्बू, समृद्धि धिताल, सलोनी भट्टराई, संगीता कार्की, अफिसा श्रेष्ठ, विजयाश्री शाह रन्जु पोखरेललगायतले नेपाली लोकगीतमा नृत्य देखाए भने अन्य प्रतियोगीमध्ये केहीले पेन्टिङ गरेर र केहीले अन्य माध्यमबाट आफूमा रहेको प्रतिभा देखाए ।
ट्यालेन्ट राउन्डको निर्णायकमा एजे डब्लु एलेभल कलेजका कार्यकारी अध्यक्ष नवीनमान श्रेष्ठ, कान्तिपुर टेलिभिनका कार्यक्रम सञ्चालिका अकेसा विष्ट, नृत्य–निर्देशक प्रशान्त तामाङ, शिक्षक जसुवा राई थिए ।
एसएलसी दिएर बसेका छात्रामा रहेको प्रतिभा उजागर गरी व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा काठमाडौंका विभिन्न स्कुलबाट ८० जनाभन्दा बढीको आवेदन परेको थियो । जसमध्ये ४६ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेका थिए ।
प्रतियोगीले करिब डेढ महिनाअघि स्टेज पर्फमेन्स, क्याटवाक, पौडी, शारीरिक फिटनेस, फोटोसेसन व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणमा सहभागी गराइएको छ । उपाधि हात परेपछि प्रतियोगीको सामाजिक उत्तरदायित्व पनि थपिने भएकाले उनीहरूलाई माइती नेपाल, नार्कोनन नेपालजस्ता विभिन्न सामाजिक संस्थाको भ्रमण गराएर यस्ता विषयमा जानकारी प्रदान गराइएको आयोजक संस्थाले जनाएको छ ।
आगामी १ असारमा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताका विजेताले ताज र उपाधिसहित ल्यापटप र कलेजमा प्लस टु अध्ययनको लागि छात्रवृत्तिका साथै अन्य गिºटह्याम्पर पाउनेछन् । फस्ट रनरअप र सेकेन्ड रनरअपले भने क्रमश: आइप्याड ट्याब र प्लस टुमा २ वर्षको फुल स्कलरसिपमा र अन्य गिºटह्याम्पर प्राप्त गर्नेछन् । (सौस)

प्रतिक्रिया