लागुऔषधविरुद्ध अभियान

देउखुरी : लागुऔषध दुव्र्यसनीविरुद्ध सिसनीया युवा सञ्जालले विद्यालय र वडास्तरीय सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सञ्जालको बुधबार सिसहनीयामा भएको बृहत् छलफल कायंक्रमले सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सञ्जालका अध्यक्ष प्रेम सुवेदीको अध्यक्षता तथा प्रहरी बिट सिसहनीयाका प्रमुख तथा प्रहरी हलदार अमर घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रहरी बिटसँग सहकर्य गरी जेठअन्तिम साताबाट गाविसको करंगे कोटबाट अभियान सञ्चालन गरिने र सर्वाेदय उच्च माविमा समान गर्ने निर्णय गरिएको छ । सञ्जालको रिक्त सदस्य पदमा आरती दर्लामी मगर र सरिता पाण्डेलाई मनोनयन गरेको छ । कार्यक्रमको सहजीकरण सचिव ओमप्रकाश  गुप्ताले गरेका थिए । (सौस)

प्रतिक्रिया