बस दुर्घटनामा १५ यात्रुको मृत्यू/४४ जना घाईते

Accident-Sindhupalchowk-souकाठमाडौं, १५ जेठ । सिन्धुपाल्चोक जिल्लामा यात्रु बाहक बस दुर्घटना हुँदा १५ जनाको मृत्यू भएको छ । दुर्घटनामा ४४ यात्रु घाईते भएका छन् ।
भोताङ्गबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ३६४५ नम्बरको बस थाङपालधाप गाविसको फ्याफुल्लाडाँडामा आज (बुधबार) विहान करीव पौने नौं बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।
क्षमता भन्दा बढि यात्रु राखेका कारण नियन्त्रण गुमाई बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
दुर्घटनामा परेर घाईते भएका ४४ जना मध्ये तीन यात्रुको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

घाईतेको नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।

प्रतिक्रिया