भारतीय नोटसहित दम्पत्ति पक्राउ

IC-Rs.-Saptariराजविराज, १५ जेठ । प्रहरीले सप्तरी जिल्लामा अवैध भारतीय रुपियाँसहित एकदम्पत्तिलाई पक्राउ गरेको छ ।
मंगलबार राति २१ हजार भारतीय रुपियाँसहित रुपनगर–३ का मोहम्मद जमिल र उनकी कान्छी पत्नी रेखा साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथवाट प्रहरीले १ हजारको १ थान र ५ सयको ४० थान भारतीय रुपियाँ बरामद गरेको एसपी सञ्जयसिंह वस्नेतले जानकारी दिए ।

प्रतिक्रिया