सरकार टुंडिखेलमा/नागरिक समाज बानेश्वरमा

Khilraj-Regmi'sकाठमाडौं, १५ जेठ । नागरिक समाजको बहिष्कारका बिच सरकारले आज (बुधबार) गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।
टुंडिखेलमा आयोजित विशेष कार्यक्रममा सुरक्षाकर्मी, विद्यार्थी तथा विभिन्न संघ/संस्थाले आ–आफ्ना प्रस्तुती र झाँकी प्रदर्शन गरे । कार्यक्रमलाई मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सम्बोधन समेत गरे ।
टुंडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद् अध्यक्ष, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कुटनीतिक नियोगलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उता, गणतन्त्र दिवसकै अवसरमा नागरिक समाजले पनि अलग कार्यक्रम गरेको छ । समाजको कार्यक्रम नयाँ बानेश्वरमा भएको थियो । कार्यक्रमलाई ‘पापड’मा आवद्ध संघ/संस्थाका प्रतिनिधिले सम्बोधन गरेका थिए ।
संविधानसभाले २०६५ मा गणतन्त्र कार्यान्वयनको घोषणा गरे पछि यो दिवस मनाउन थालिएको हो ।
शान्तिपूर्ण जनआन्दोलनले प्राप्त गरेका उपलब्धि छायामा पार्ने गरेर निर्णय भएको भन्दै नागरिक समाजले सरकारको कार्यक्रम बहिष्कार गरेको जनाएको छ ।
जनआन्दोलका दोषी लोकमानसिंह कार्कीको अख्तियारबाट बर्खास्ती, खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने र आममाफी दिने गरी बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यादेश खारेज गर्नुपर्ने नागरिक समाजको माग छ ।

प्रतिक्रिया