सडक दुर्घटनामा पत्रकार प्याकुरेलको मृत्यू

Binod Pyakurel souryadailyकाठमाडौं, १५ जेठ । बारा जिल्लाका पत्रकार एवं नेपाल प्रेस यूनियनका पार्षद् विनोद प्याकुरेलको सडक दुर्घटनामा मृत्यू भएको छ ।
मंगलबार राति बाराको जितपुरमा उनलाई टाटासुमो जीपले ठक्कर दिएको थियो । जीपको ठक्करबाट गम्भीर घाईते प्याकुरेललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यू भएको प्रेस युनियनले जनाएको छ ।
प्रेस युनियनका महासचिव शिव लम्सालले आज (बुधबार) शोक वक्तव्य जारी गरेर पत्रकार प्याकुरेलको निधनले स्तव्ध भएको जनाएका छन् ।
पत्रकार प्याकुरेलले बाराबाट गोरखापत्र दैनिक र तराई टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका थिए ।

प्रतिक्रिया