मच्छिन्द्रसँग पुलिस पराजित

machindraकाठमाडौं : डिफेडिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–१ ले पारजित गर्दै मच्छिन्द्र क्लब गार्खा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुशील केसी र विशाल राई ‘ए’को गोलमा ३० मिनेटमा मच्छिन्द्र क्लबले २–० को अग्रता लिइसकेको थियो । ४२औँ मिनेटमा जुमानु राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । यसै सिजन पुलिसमा आबद्ध भएका स्किलफुल खेलाडी गणेश खड्काले दोस्रो हाफमा एउटा राम्रो मुभ बनाए पनि पवन पाण्डेको फितलो प्रहार मच्छिन्द्रका गोलरक्षक दिनेश थापाको हातैमा पुगेको थियो । पुलिसका गोलरक्षक रितेस थापाले दोस्रो हाफमा नै एउटा डरलाग्दो गल्ती गरे पनि विशाल राइले यसलाई उपयोग गर्न सकेनन् ।
यसअघि भएको सरस्वती क्लब र मुनाल क्लबबीच २–२ गोलको बराबरी भएको छ । पहिलो हाफमा पाँच मिनेटको अन्तरमा सरस्वतीले दुई गोल गरेको थियो भने दोस्रो हाफमा मुनालले एक मिनेटको अन्तरमै २ गोल गर्‍यो । २६आँै मनेटमा टंकु लामाको पहिलो प्रहारमा मुनालका गोलरक्षक मीन बस्नेतले बचाए पनि टंकुले नै बिराउन्डमा गोल गरे । ३१आँै मिनेटमा कृष्णगोपाल श्रेष्ठले सरस्वतीका लागि दोस्रो गोल गरे ।
७३आँै मिनेटमा विवेक लिङदेलले सरस्वतीका गोलरक्षक अशोक बरालालई राम्रो चिप गर्दै मुनाललाई खेलमा फर्काए । त्यसको लगत्तै इन्द्रजंग लिम्बूले बराबरी गोल गरे । (सौस)

प्रतिक्रिया