अनिता र गौतमलाई स्वर्ण

काठमाडौ : काठमाडौं जिल्लास्तरीय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ सय मिटर दौडको छात्रामा विजेश्वरीकी अनिता थापा र छात्रमा काठमाडौं वार्षा स्कुलका गौतम श्रेष्ठ मंगलबार पहिलो भएका छन् । छात्रामा विजेश्वरीकी करुणा थापा दास्रो र साइपाल एकेडेमीकी उपमा पोखरेल तेस्रो भए । छात्रमा नेपाल एपिएफका प्रकाश बुढाथोकी दोस्रो तथा रिलायन्स इन्टरनेसनल एकेडेमीका सन्जोग कार्की तेस्रो स्थानमा रहे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा तीन हजार मिटर दौडमा विजेश्वरीकी संगीता खड्का पहिलो, त्रिवेणी सदनकी ममता दुलाल दोस्रो तथा अरुणिमाकी सरिता गौतम तेस्रो भए । छात्रको पाँच हजार मिटर दौडमा एपिएफका अच्युतराज गिरीले स्वर्ण, त्रिवेणीका अविनाश अधिकारीले रजत र अरुणिमाका सुविल तामाङले कास्य हात पारे ।
छात्रा आठ सय मिटर दौडमा विजेश्वरीका विन्दु भण्डारी पहिलो र सुमित्रा थामा दोस्रो तथा साइपालकी उपमा पोखरेल तेस्रो भए । सोही प्रस्पर्धाको छात्रमा दीपज्योतिका विकास पुन, एपिएफका रविन्द्रसिंह ऐरी तथा रिपुमर्दिनीका प्रदीप बोगटी क्रमश: शीर्ष तीन स्थानमा रहे । खेलकुदअन्तर्गत बुधबारदेखि क्रिकेट र फुटबल हुने आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया