थापा माथी भएको आक्रमणको तरुण दलद्धारा बिरोध

चितवन, १३ जेठ । रुकुममा नेपाली काग्रेसका केन्द्रीय सदस्य गगन थापा सहभागी कार्यक्रममा भएको माओवादी आक्रमणप्रति नेपाल तरुण दल चितवनले आपत्ती जनाएको छ ।
दलका जिल्ला सचिव रविन्द्र गौंतमले बिज्ञप्ति जारी गर्दै आफ्नो जनाधार खस्कदैं गएपछि आत्तिएर नेता थापा सहभागी कार्यक्रममा सुनियोजित तवरले आक्रमण गरिएको दावी गरेका छन् । “माओवादीहरुले आफ्नो पकेट क्षेत्र भन्ने जिल्लाका अधिकांश युवाहरु काग्रेस प्रवेश गरेको र थापाको लोकप्रीयता देखि डराएर आक्रमण गरिएको हो ।” तरुण दलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ । आक्रमण एमाओवादीहरुको पराजित मानसिकताको उपज भएको भन्दै तरुण दल चितवनले अब पनि यस्ता गतिबिधि दोहोरिए प्रतिकारमा उत्रने चेतावनी दिएको छ । हिजो रुकुममा थापा सहभागी एक कार्यक्रममा एमाओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । यसैंबिच नेविसंघ चितवनले पनि घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया