बैठकमा कांग्रेस सभापति कोइराला अनुपस्थित

Sushil Koirala 5काठमाडौं, १३ जेठ । संविधानसभा निर्वाचन र अध्यादेशका विषयमा छलफल गर्न आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाल उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको एमालेका नेता रघुजी पन्तले जानकारी दिए ।
‘कांग्रेस सभापति सुशील कोइराला उपत्यका बाहिर रहेकाले जेठ–१५ गते बैठक बस्ने गरी स्थगित भएको छ,’ उनले भने, ‘निर्वाचन सम्बन्धि कानून र अध्यादेशलगायतमा छलफल गर्न सबै शीर्ष नेताहरुको उपस्थिगित अनिर्वाय छ ।’
बैठकका लागि नयाँ बानेश्वरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका नेता विजय गच्छेदारलगायतका नेताहरु पुगेका थिए ।
यस अघि समितिले आइतबार निर्वाचन कानून र अध्यादेशका विषयमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग परामर्श गरेको थियो ।

प्रतिक्रिया