छोरा बनाएर नागरिकता दिन खोज्ने पक्राउ

citizen ship indianधनगढी, १३ जेठ । कैलालीमा भारतीयमूलका व्यक्तिलाई आफ्नो छोरा बनाएर नागरिकता बनाउन खोज्ने एक जना पक्राउ परेका छन् ।
जिल्लाको धनसिंहपुर गाउँ विकास समिति १ का प्रेम लुहारले ठाउँका २ विश्वकान्तिपुरमा बसोबास गर्दै आएका भारतीय नागरिक राजु अलि अहमदलाई आफ्नो छोरा बनाई नागरिकताका लागि सिफारीस गरेपछि लुहार पक्राउ परेका हुन् ।
अहमदलाई राजु लुहार बनाई नागरिकता बनाउन आएका प्रेमलाई हिजो पक्राउ गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख विजय गौतमले बताए । नागरिकता लिन खोज्ने भारतीय नागरिक अहमद भने फरार छन् ।
क्राउ परेका लुहारलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको र नागरिकता ऐन २०६३ अनुसार कारवाही गरिने प्रमुख गौतमले जानकारी दिए ।
धनसिंहपुर गाविस सचिव बलबहादुर रावलका अनुसार प्रेमले राजु आफ्नो छोरा भएको दावी गर्दै जन्मदर्ता गराएका थिए । नागरिकता बनाउन आएका उनीहरूलाई शंका लागेर सोधपुछ गर्दा राजु प्रेमको छोरा नभएको पुष्टी भएको रावलले बताए ।

प्रतिक्रिया