मनाङको फराकिलो जित

काठमाडौं : गोर्खा कप फुटबल प्रतियोगिताको पहिलो चरणमा मनाङ मस्र्याङदीले फराकिलो जित हात पारेको छ । आइतबार भएको खेलमा मनाङ मस्र्याङदी क्लबले टुसाल क्लबलाई १२–० ले पराजित गरेको छ । मनाङका लागि अनिल गुरुङले चार गोल गरे भने योना एलियास र रूपेस केसीले २/२ गोल गरे । यसैगरी, नवीन न्यौपाने, सुजल श्रेष्ठ, दीपक राई र शिव श्रेष्ठले थपगोल गरे ।
आठाँै मिनेटमा नवीनको गोलमा अग्रता लिएको मनाङका लागि ३०आँै मिनेटमा सुजल श्रेष्ठले गोल गरे । ३२आँै मिनेटमा दीपकले १८ यार्डबाट गोल गर्दै मनाङको अग्रतालाई फराकिलो बनाए । ३६आँै मिनेटमा योना तथा ३८आँै मिनेटमा अनिलले गोल गरे ।
दोस्रो हाफको पहिलो ३० मिनेट टुसाल  सम्हालिए पनि त्यसपछि  मनाङले लगातार गोलको वर्षा गरेको थियो । ७५आँै मिनेटमा अनिलले गोल गरे भने रूपेसले दुई मिनेटको अन्तरमा दुई गोल गरे । ७९आँै मिनेटमा पहिलो गोल गरेका रूपेसले ८१औँ मिनेटमा अर्को गोल गरे । अन्तिम ६ मिनेटमा मनाङले चार गोल गरे । यसबीचमा निरीह र हतास टुसालविरुद्धमा अनिलले दुई तथा शिव र योनाले एक/एक गोल गरे ।
अर्को खेलमा नेपाल आर्मी क्लबले संकटा क्बललाई २–० ले पराजित गर्‍यो । आर्मीका लागि काशीराज कार्की र राजु तामाङले गोल गरे । १३आँै मिनेटमा टेकबहादुर बुढाथोकीको क्रसमा कासीले गोल गरेका थिए । नेपाल आर्मीका लागि कासीको यो नै पहिलो गोल हो । (सौस)

प्रतिक्रिया