′सहमतिका लागि प्रधानान्याधीश पद छोड्नुपर्छ′

Sushil-Koiralaकाठमाडौ, १२ जेठ । नेपाली काग्रेसका सभापति सुशील कोइरालाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानान्याधीशको पद त्याग गर्दा असन्तुष्ट दलहरु सहमतिमा आउँछन् भने रेग्मीले पद छोड्नुपर्ने बताएका छन् ।
पत्रकारहरुसंगको भेटघाटमा सभापति कोइरालाले निर्वाचनका लागि सर्बपक्षीय सहमति अनिवार्य भएकाले रेग्मीले प्रधानन्यायाधीशको पद त्याग गर्न पनि तयार हुनुपर्नेमा जोड दिएका हुन् । ‘प्रधानमन्त्रीमा मेरो नाम आउँदा आउँदै निकासको लागि मैले छाडेको हुँ,’ कोइरालाले भने, ‘मुलुकले अहिले त्याग खोजेको छ । राष्ट्रको लागि त्याग गर्न उहाँ (रेग्मी) पनि तयार हुनुपर्छ ।’
उनले एनेकपा माओवादी ११ बुँदे सहमतिविपरीत अगाडि बढ्न खोजेको आरोप लगाए । सहमति कार्यान्वयन गर्नुको साँटो उल्लंघन गर्दै माओवादीले संविधान सभाको निर्वाचन पर धकेल्न खोजेको आरोप समेत लगाए । उनले दलहरुबीच भएको संविधान सभा सदस्य र थ्रेसहोल्डबाट आफुहरु पछाडि नहट्ने स्पष्ट पारे ।
पत्रकारहरु जिज्ञासामा कोइरालाले अहिले बस्दै आएको महाराजगंज स्थित भाडाको निवास छाड्ने अन्तिम निर्णयमा आफू पुगेको स्पष्ट पार्दै भतिजा शंशाक कोइरालाको निवासमा छिट्टै सर्ने जानकारी दिए ।

 

प्रतिक्रिया