धरान क्याम्पसमा नेविसंघ माथि आक्रमण

nepal student uniyanकाठमाडौं, १२ जेठ । अनेरास्ववियु (क्रान्तिकारी)ले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघका नेता तथा कार्यकर्ता माथि सांघातिक आक्रमण गरेका छन् ।
नेविसंघले विज्ञप्ति जारी गरेर आफ्ना नेता तथा कर्याकर्तालाई अखिल (क्रान्तिकारी)ले आज (आइतबार) सुनियोजित रुपमा सांघातिक आक्रमण गरेको आरोप लगाएको छ । नेविसंघले आक्रमणको घटनाको भत्र्सना समेत गरेको छ ।
अखिल (क्रान्तिकारी)को आक्रमणबाट नेविसंघका क्याम्पस इकाइ अध्यक्ष चन्द्रसुन्दर खेवाङ्ग र टकेन्द्र राईलगायतका कार्यकर्ता घाईते भएको नेविसंघको भनाई छ । स्ववियु निर्वाचन नजिकिदै गरेका बेला अखिल (क्रान्तिकारी) र नेविसंघबीच विवाद कुटाकुट भएको हो ।
‘शिक्षा आर्जन गर्ने पवित्र मन्दिर भित्र माओवादी पार्टीको मिलिमोतोमा अखिल (क्रान्तिकारी)का गुण्डाहरुले गरेको निन्दनीय घटनाको तत्काल छानविन गरी दोषीलाई कडा कारवाही गर्नु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा अखिल (क्रान्तिकारी)का विरुद्ध कडा आन्दोलन गर्ने छौं ।’

प्रतिक्रिया