घर गोठमा आगलागी हुदा ३ लाख बराबर क्षति

रोल्पा, ११ जेठ । रोल्पा जिल्लाको सखी–६, सरपालमा आगलागी हुँदा करीब तीन लाख बराबरको क्षति भएको छ ।
स्थानीय दुर्गाबहादुर पुनको घर र गोठमा आज (शनिबार) भएको आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगोले गोठमा रहेका कुखुरा समेत जलेको पीडितको भनाई छ । अभिभावक मेलापातमा गएका बेला बच्चाबच्चीले आगो बाल्दा घरमा आगो सल्केको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया