ऐंसेलु टिप्ने बैँसालु केटी

tankऐँसेलु टिप्ने ती बैँसालु केटी ऐँसेलु जस्तै पहेँलपुर र सुन्दर थिइन् । कुनै गरगहनाले पहेँलपुर होइन प्राकृतिक रूप र लावण्यले  भरिएकी थिइन् ।
विस्मृतिको बादलमा विलीन हुन लागिसकेका कुनै क्षण, सम्झनाहरू कहिलेकाहीँ कुनै घटना वा सन्दर्भले होला एक्कासि करेन्ट लागे जस्तो झट्का दिएर शक्तिशाली ढंगले आउँदा रहेछन् ।
मान्छेलाई पूरै नोस्टाल्जिक बनाउने कति बलवान् ती सम्झना !
जब हरेक वर्ष चैत–वैशाख लाग्छ र धर्तीमा वहार छाउँछ त्यसबेला जहाँ भए पनि सानामा गाउँका पाखा–पखेरामा हातखुट्टामा काँडा बिझाउँदै ऐँसेलु टिपिरहेको सम्झन्छु । गाउँका वनपाखामा चाँदी जस्तै फुल्ने र सुन जस्तै फल्ने ती एँेसेलु घारी कति प्रिय र मनमोहक लाग्छन् बयान गरी साध्य छैन ।
ladyesअहिले कहाँ छिन् तिनी ? सायद पहाडतिरै होलिन् ।
आजभन्दा छब्बीस–सत्ताईस वर्षअगाडि म दश–एघार वर्षको हुँदो हँु । उनी त्यस्तै पन्ध्र–सोर्‍ह वर्षकी थिइन् क्यार † म पल्लोघरका दाइको पछि लागेर याम्खा–बार्लाङ इन्द्री दिदीको घरमा जान्थेँ । वरिपरि उत्तिसघारी थियो । त्यो गाउँलाई सोत्रेनी गाउँ भन्थे । हामी जाँदा तिनी त्यतैकतै बाख्रा चराइरहेकी हुन्थिन् । लामो घाँघर लाउँथिन्, राम्री थिइन्, अग्ली थिइन् । स्कुल जाँदैन थिइन् । त्योबेला पाखाभित्ताका मान्छेले त्यति साह्रो स्कुल देखेका हुँदैनथे ।
ती राम्री केटी इन्द्री दिदीकी नन्द बिन्दा हुन् । नाम मैले भुलेको छैन । हुन त मान्छेले आफ्नो जीवनका अन्तरङ पात्रहरू कहाँ भुल्न सक्छ र †
बार्लाङ ठाउँ सेपिलो थियो । डाँडाकाँडाबाट छेलिएकोले त्यो ठाउँलाई घामले कमै मात्रामा स्पर्श गथ्र्यो । बारीभरि दुधिलो र गोगुनका रूखहरू थिए । पाखाभरि होचा–अग्ला उत्तिस, पात्ले र पैँयुका रूखहरू कतै मिलेर कतै नमिलेर उभिएका देखिन्थे । पुस–माघतिर पैँयु फुलेर कति राम्रो देखिन्थ्यो त्यो सोत्रेनी गाउँ ।
तिनी डालेघाँस झार्न कहिले गोगुन र दुधिलोका रूखमा र कहिले पैँयु र पात्लेका रूखमा चढ्थिन् । घरछेउमा जाइको बोटमुनि गललल्ल धारो थियो । उनी त्यहाँ पानी भर्थिन्, लुगा धुन्थिन् र नुहाउँथिन् ।
ती लेकाली केटी त्यही पानीको धारा जस्तै स्वच्छ, सरल र निर्मल थिइन् । धारामाथिको जाइको पहेँलो फूल जस्तै पवित्र थिइन् ।
नाताले सोल्ठी–सोल्ठिनी पथ्र्यौं हामी तर यस्तो सम्बोधन गर्दैनथ्याँै । उनी मलाई बाबुराम भन्थिन् । म सानै भएर लाजले पनि होला उनलाई सोल्ठिनीको सम्बोधन गर्दैनथँे ।
कहिलेकाहीँ म पल्लाघरका दाइसँग सोत्रेनी जाँदा उनी धेरै खुसी हुन्थिन् । मलाई बोक्थिन्, उचाल्थिन्, कता–कता डुलाउन लैजान्थिन् । बारीछेउका ती गोगुन, दुधिला र पैँयुका रूखमा उनीसँगै म धेरैचोटि चढेको छु । रूखका डालीमा सै–सैला खेलेको छु । यदि ती रूखहरू कसैले काटेका छैनन् भने तिनका हाँगामा हाम्रा कलिला खुट्टाका छापहरू अहिले पनि होलान् कि †
सम्झनाहरू जुनी रहेसम्म हराउँदा रहेनछन् । मान्छे जति बुढ्यौलीतर्फ चढ्दै जान्छ उति हृदयका पत्र–पत्रमा लुकेका पुराना यादहरू कुनै मौका र परिवेश पाउनासाथ फुत्त–फुत्त निक्लिँदा रहेछन् जमिन फुटाएर छिचिमिराहरू निस्किए जस्तै । जीवनका विविध परिभाषाहरू जस्तै यो एउटा सम्झनाको अनन्त श्रृंखला पनि हो । हुन पनि विगतकै भर्‍याङ चढेर त मान्छे भविष्यको पर्खाइमा वर्तमानमा यात्रा गरिरहेको हुन्छ । यसअर्थमा विगत, वर्तमान र भविष्यको एउटा अनौठो अन्तरमिलन नै जीवन हो जस्तो लाग्छ । विशेष याद ऐँसेलु खाँदाको हो ।
बार्लाङ जाँदा कहिलेकाहीँ दुई–चार दिन बसाइ परो भने म प्राय: उनीसँगै ती पाखाबारी, डाँडाभित्ता हिँड्ने डुल्ने गर्थेँ । सोत्रेनी सिरानमा उनीहरूको बारी थियो । त्यहाँ ऐँसेलुका झ्याङहरू प्रशस्त थिए । अरू बेला काँडैकाँडा मात्र देखिने, छेउ पर्न मन नलाग्ने ती झ्याङहरू चैत–वैशाखमा कति चाँडो बँैसालु हुन्थे र वस्तुभाउ गर्ने गोठाला, मेलापात गर्ने खेताला र बाटो हिँड्ने बटुवालाई हेरिरहूँ लाग्ने बनाउँथे । सुनजस्तै पहेँला ती ऐँसेलुका टोप्रा हेर्न त्यस्तै राम्रो, खान त्यस्तै मीठो । एँेसेलु फल्ने बेला पहाडी वनपाखा त्यसै–त्यसै खुसीले फुरुङ भएजस्तो लाग्छ । प्रकृतिको यो मोहिनी आकर्षण कति गजबको ! हेरेर कहिल्यै नअघाइने, बयान गरेर कहिल्यै नथाकिने ।
एकचोटिको कुरा हो, यही बेला ती ऐँसेलु फल्ने पाखामा तिनले मलाई लिएर गइन् । गीत गाउँदै एँेसेलु टिपिन् । तिनले के गीत गाइन् ? त्यो त मलाई थाहा छैन । झ्याङ–झ्याङ चाहार्दै घन्टौसम्म घाँघरको गोजीभरिभरि ऐँसेलु टिपेर मलाई खान दिइन् । बाख्राहरू पाखापाखा चरिरहेका थिए । चराहरू रूखको डालीमा फुर–फुर नाच्दै थिए । ऐँसेलुका फूलमा खुसीले मस्त हुँदै भ्रमरा भुन्भुनाइरहेका थिए । प्रकृतिको आफ्नै ताल, तिनको आफ्नै ताल । ऐँसेलुको फूल जस्तै मन भएकी, ऐँसेलुको दाना जस्तै मुहार भएकी ती प्रकृतिकी चारूले ऐँसेलु टिप्दै गर्दा मलाई सोधिन्– ‘बाबुराम, तिमी कोसँग बिहा गर्छौ ?’
‘तपाईंसँग ।’ मैले बिहेको अर्थ राम्ररी नबुझीकन सिधै र शीघ्र उत्तर दिएँ । सायद बिहेको अर्थ उनलाईचाहिँ  थाहा थियो होला । उनले कुन भावले त्यस्तो प्रश्न गरिन् त्यो बुझ्ने सामथ्र्य त्योबेला ममा थिएन । जेहोस् त्यो कहिलेकाहीँको भेटमा पनि उनले मलाई कहिले बुइ चढाउँथिन्, कहिले काखमा राख्थिन्, कहिले जीउमा कुतिकुति लाउँथिन् । मलाई उनका यी सबै बानी मन पर्थे ।
त्यसको केही वर्षमा उनको बिहे भयो । त्यसपछि हाम्रो भेट भएन । धेरै वर्षपछि इन्द्री दिदीलाई सोध्दा उनका बूढाले अर्की ल्याएर उनलाई हेर्दै नहेरेको कुरा थाहा पाएँ । उनी तीनवटा छोराछोरीका साथ भिन्दै बसेर दु:खसँग जीवन चलाउँदै रहिछन् । अहिले उनको के स्थिति छ ? त्यो बुझ्न नपाएको पनि वर्षौं भइसक्यो ।
तिनी कति सरल थिइन् । कति मायालु थिइन्, कति कोमल थिइन् । प्रकृतिको काखमा खेलेहुर्केकी त्यो कोमल नारी मन किन न्याउलीझैँ एक्लै रोइरहेको होला ? सम्भँmदा मन रसाएर आउँछ । बादल लागेको आकाशझैँ मन धमिलिएर आउँछ । तर, के पो गर्न सकिन्छ र उनका लागि यो सम्झनुबाहेक †
जीवन एउटा संयोग रहेछ । मेरो बालजीवनमा तिनीसँग भेट हुनु पनि एउटा सुखद संयोग नै हो, एउटा आकस्मिकता । भेटहरू सबै प्रिय र मधुर हुँदैनन् । यति लामो जीवनयात्रामा बटुवाहरू धेरै भेटिन्छन् । जीवनका चौतारीमा एकछिन बिसाइन्छ, सुस्ताइन्छ, बात मारिन्छ तर जीवनका दौडहरूमा कोही अघि परिन्छ कोही पछि परिन्छ । कसैसँगको छिनभरको भेट पनि लामो र दीर्घजीवी रहन्छ र कतिसँगको लामो सान्निध्य पनि पट्यारलाग्दो र निरस हुन्छ ।
एक किसिमले जीवन सम्झना र सपनाको महल हो । कति वास्तविकताहरू त काँडातुल्य हुन्छन्, तीता हुन्छन् । सम्झना र कल्पनाहरूमा हराउँदा–हराउँदै मान्छेको अधिकांश जीवन बित्ने गर्छ । सम्झनाहरू तीता, मीठा दुवै घटनाले निर्मित हुन्छन् । मेरो जीवनका अन्तरङ मीठा सम्झनाहरूमध्ये उनीसँगको त्यो भेट ऐँसेलु जस्तै सुन्दर र जीवन्त छ । पहरा पर्वतमा फुल्ने त्यो वनफूल जस्तै चोखो, मायालु र स्निग्ध छ ।
अहिले बेला उनी कहाँ छिन् ? मलाई थाहा छैन । बुढ्यौलीतर्फ चढ्दै गर्दा उनका गाला चाउरिएका हुन सक्छन् । दाँत झरेको र कपाल फुलेको हुन सक्छ । रोगले ग्रस्त भएर शरीर जीर्ण भएको हुन सक्छ । चाहे उनी अहिले जस्ती हुन्, म त उनलाई मेरो सम्झनाको मानस बिम्बमा ऊ बेलाकै देख्छु । पहाडी वनकी सुन्दर फूल देख्छु । वसन्तमा चाँदी फुल्ने ऐँसेलु फूल जस्तै मुस्कुराएकी देख्छु । सुन जस्तै चहकिला ती ऐँसेलु दाना जस्तै रसिली, भरिली र पहेँलपुर देख्छु ।
अहिले पनि बालजीवनलाई सम्झनासाथ लामो घाँघर लगाएकी त्यो बँैसालु केटी जीवनगीत गुन्गनाउँदै गोजीभरि एँेसेलु टिपिरहेभैँm लाग्छ अनि मलाई त्यही ऐँसेलुको फेदमा कतै बोके जस्तै, काखमा राखेर सुम्सुम्याए जस्तै र कुत्कुत्याए जस्तै लाग्छ ।

प्रतिक्रिया