नेपाललाई उपाधि

काठमाडौं : नेपालले सातौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले कुल ४५ स्वर्ण, ३४ रजत र १८ कास्य जित्यो । नेपालले जितेको कुल पदक मध्ये आयोजक नेपाल सोतोकान कराते संघ (एनएसकेए)ले सर्वाधिक २२ स्वर्ण, २३ रजत र १४ कास्य हात पार्‍यो । वादोकाइले ९ स्वर्ण, ६ रजत र १ कांस्य प्राप्त गर्‍यो । क्वानमुकानले ६ स्वर्ण र १ रजत नेपालको पदक तालिका थप्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत ३ स्वर्ण, १४ रजत र ७२ कास्यसाथ दोस्रो भयो । प्रतियोगिताको महिलातर्फ कृषा शेर्पा तथा पुरुषमा दिवस श्रेष्ठ र सुरज श्रेष्ठ (संयुक्त) उत्कृष्ट खेलाडी चुनिए । कृषाले ५ स्वर्ण र १ रजत जितिन् भने दिवसले ४ स्वर्ण र १ रजत हात पारे । सुरजले ४ स्वर्णसहित २ रजत जिते । उत्कृष्टत्रय आयोजकका हुन् । (सौस)

प्रतिक्रिया