राजनीतिक समितिले सरकारसँग परामर्श गर्ने

4 dal ka ne ji haruकाठमाडौं, १० जेठ । उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा निर्वाचनको तयारी मितिका विषयमा सरकारसँग परामर्श गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा आज (शुक्रबार) बसेको समितिको बैठकले निर्वाचनको तयारीका विषयमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् । छलफलमा निर्वाचनको तयारी, मिति घोषणा, निर्वाचन सम्बन्धि कानूनलगायतका विषयमा छलफल हुने छ ।
आन्दोलनरत दलहरुसँगको वार्ता र सम्बादका विषयमा पनि बैठकमा छलफल भएको थियो । आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याएर निर्वाचनमा सहभागी बनाउने नेताहरुको भनाई छ ।
त्यसै गरी बैठकमा न्यूनतम मतको व्यवस्थाका बारेमा पनि छलफल भएको थियो । सो विषयमा एमाओवादी र कांग्रेस–एमालेले आ–आफ्नै अडान दोहराएका थिए ।

प्रतिक्रिया