३३ दलको मेचीमहाकाली टोली चितवनमा

चितवन, १० जेठ । नेकपा­माओवादीका पोलिटव्यूरो सदस्य हरिभक्त कडेंलले चारदलीय सिण्डिकेट कै कारण चुनावको मिति घोषण हुन नसकेको आरोप लगाएका छन् । ‘अहिले चार दलकै कारण देश धरापमा परेको छ, उनले भने–‘ यो सिण्डिकेट खारेज नभएसम्म सविधान सभाको निर्वाचन हुनै सक्दैन् ।’ नेकपा माओवादीको नेतृत्वमा ३३ दलले शुरु गरेको मेची महाकाली जनजागरण अभियान टोलीलाई चितवनमा गरिएको स्वागत कार्यक्रममा कडेलले यस्तो आरोप लगाएका हुन् ।
उनले देश फिजिकरण र सिक्किमीकरणतर्फ धकेलिदै गएको भन्दै देश यसबाट बचाउन सबै नेपाली एकजुट हुन आग्रह गरे ।
जनमोर्चा नेपालका महासचिव साध्य बहादुर भण्डारीले देशमा संक्रमणकाल लम्बिनुमा प्रमुख दोषी चार दल भएको आरोप लगाए । उनले देशको चारैतिर सिमा अतिक्रमण बढेको भन्दै कुटनीतिक पहलबाट समाधान खोजिनुपर्ने भनाई व्यक्त गरे ।
गएको जेठ १ गते पुर्व मेची र पश्चिम महाकालीबाट एकैसाथ निकालिएको मेची महाकाली जनजागरण अभियान यात्रा आज चितवन आइपुगेको हो । टोली आगामी १४ गते काठमाडौको खुल्ला मंचमा पुगेर सकिने बताइएको छ ।

प्रतिक्रिया