धोका दिनेलाई के भन्नु र खै………

lalitaराजविराज, १० जेठ । प्रेमीले बिवाह गर्न अस्विकार गरेको झोकमा सप्तरीको बभनगामाकट्टी ७ की एक यूवतीले आज जीउमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेकी छिन् ।
बभनगामाकट्टी ७ मन्सापुर निवासी लक्ष्मी मण्डलकी छोरी ललिताले आज आफनै कोठामा बिहान जीउमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । आगोले शरिरको अधिकांश भाग जलेर गम्भिर घाइते बनेकी १५ वर्षीया ललिताको अवस्था अहिले चिन्ताजनक रहेको परिवारले जनाएको छ ।
आगोको ताप सहन गर्न नसकी हल्ला गर्दै बाहिर निस्केकी ललितालाई छिमेकीले उद्धार गरी राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना गरेपनि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
ललिताका प्रेमी स्थानीय कपिलेश्वर मण्डलका १५ वर्षीय छोरा जितेन्द्र मण्डलले बिवाह गर्न अस्विकार गरेपछि उनले आत्म हत्याको प्रयास गरेको बताईएको छ । जितेन्द्र र उनको परिवारका सम्पुर्ण सदस्य घटना लगत्तै फरार भएको ईलाका प्रहरी कार्यालय हनुमान नगरका प्रहरी सहायक निरीक्षक रत्न पौडेलले बताए ।
यी दुईको प्रेमसम्बन्धका बारेमा गाउँमा हल्लीखल्ली भएपछि गाँउलेहरुले बिवाहका लागि दवाब दिएपनि केटापक्षले भने बिवाह गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया